<

आरके श्रीवास्तव,देवाहीगोनाही,वैशाख ०४ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका वडा नम्बर ४ करूनिया घाट स्थित लाल बकैया पुलको निमार्ण कार्यमा गुणस्तरहीन सिमेन्ट प्रयोग भईरहेको पाईएको छ । सो पुलको निमार्ण कार्यमा गुणस्तरहिन सिमेन्ट(डल्लो परेको) सिमेन्ट प्रयोग गर्न ट्रैक्टरमा लोड गरि सिमेन्ट लगिरहेको अवस्थामा आईतवार बिहान स्थानीयहरूले ट्रैक्टर नियन्त्रणमा लिएका हुन् ।

स्थानीय बासीहरूले ट्रैक्टर आफ्नो नियन्त्रमा लिई कामलाई बन्द गराएको वडा नम्बर १ का पूर्व वडा अध्यक्ष शेख नुरूलाहले बताएका छन् ।
उनका अनुसार यसअघि संघीय सांसद किरण साह, देवाहीगोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेल सहितको टोलीले अनुगमन समेत गरेको थियो । सो क्रममा ४ सय ५० बोरा सिमेन्ट सेट भई सकेको सिमेन्ट बरामद भएको थियो । खराब भएको सिमेन्ट प्रयोग नगर्ने शर्तमा त्यही छोडिएको थियो । तर ठेकेदारले जानीजानी रातिराति काम गराई ती सबै खराब भएको सिमेन्ट ढलान गर्ने क्रममा प्रयोग गरेको आरोप लगाईएको छ ।

स्थानीयहरुले गुणस्तरीय सिमेन्टको प्रयोग गरे मात्र काम हुन दिने अडान लिएका छन् ।
लाल बकैया पुलमा म्याद सकेको तथा ढुंगा बनेको सिमेन्ट रात्रिको समयमा प्रयोग गरि पुल निमार्ण कार्य भैरहेको स्थानीयबासीको आरोप छ ।
सो पुल करिब १९ करोड भन्दा बढि रुपैयाँको टेन्डरमा निमार्ण भईरहेको छ । बिकास ब्रदर्श निर्माण कम्पनीले सो ठेक्का पट्टा सकार गरि काम गरिरहेको छ ।
यता सडक डिभिजनका इन्जीनियर भन्छन् हामीलाई त्यसबारे केही जानकारी छैन् । आज थाह पाए लगतै सो सिमेन्टलाई हटाएर गुणस्तरीय सिमेन्टको प्रयोग गर्न भनेका छौँ । सबै समय नाघेका सिमेन्टहरुलाई फिर्ता गरि नयाँ बोरा लगाईने उनले बताएका छन् । कमसल सिमेन्ट प्रयोग भई काम भईसकेको ठाउँमा तोडर पुनः काम गराईने स्थानीयवासी लाई आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0