<

आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते
रौतहट । देवाहीगोनाही नगरपालिकामा कृषकहरूलाई अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत कृषक समूह मार्फत कृषकहरूलाई सामाग्री वितरण गरिएकोे हो ।
सो नगरपालिकाको वडा नम्बर ७ उचिडिह टोलमा कृषकहरूलाई सामाग्री वितरण गरिएको हो । देवाहीगोनाही नगरपालिका प्रेमपुर गोनाहीको सहयोग र श्री रामसखी कृषक समूह देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ को आयोजनामा सामाग्री वितरण कार्यक्रम राखिएको थियो ।

कृषकहरुलाइ सहयोग पुर्याउने उद्देश्यले मोटर,स्प्रे टंकी र जाइम वितरण गरिएको हो । नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेलले एक कार्यक्रमका बिच ती सामाग्रीहरु वितरण गर्नु भएको हो । ७५ प्रतिशत अनुदानमा मोटर,५० प्रतिशत अनुदानमा स्प्रे टंकी र ८० प्रतिशत अनुदानमा जाइम वितरण गरिएको संस्थापक अध्यक्ष रुपेश पटेलले जानकारी दिनु भयो । पटेलले दिएको जानकारी अनुसार मोटर ५० थान, स्प्रे टंकी १०० थान र जाइम ५ कविन्टल वितरण गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत १२ लाख बजेटबाट उक्त कृषिसामाग्री नगरपालिकाले श्री रामसखी कृषक समूह मार्फत वितरण गरेको अध्यक्ष रामएकवाल प्रसाद सिंहले बताए ।
सो अवसरमा नि.प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र कुशवाहा,वडा नम्बर ४ का वडा अध्यक्ष संजय प्रसाद पटेल ,वडा नम्बर ७ का वडा अध्यक्ष उपेन्द्र यादव,वडा नम्बर ८ का वडा अध्यक्ष विजय पटेल,वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु दास,समाजसेवी भरत पटेल सहित स्थनिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0