<

सागर ठाकुर,मौलापुर,साउन ०५ गते ।
मौलापुरको पथरामा विवादित रहेकोे सडक विस्तार भएको छ । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित संघिय सांसद समेत रहेका प्रभु साह आफ्नो गृह नगरपालिका अन्तर्गत पर्ने मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराम बौधा सडक विस्तार गराएका हुन् ।


आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए । केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थिए तर त्यो विवाद सांसद साहको पहल कदमीमा सम्पन्न भएको नगर प्रमुख रिना कुमारी साहले बताएकी हुन् ।

त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । विवादित संरचना भत्काई सडक विस्तारको काम भएको नगर प्रमुख साहले बताए । नगर प्रमुख साह संगै उप प्रमुख नागेन्द्र यादवको उपस्थित समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0