<

आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते ।
प्रभु साहको आम जनता पार्टी सँग मेरो कुनै सम्बन्ध नरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । आज उनले आफनो निजी निवामा पत्रकारहरु सँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
आफू गत स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टी बाट नगर प्रमुखमा निर्वाचित भएको र नेकपा एमाले पार्टीमै रहेको स्पष्टोक्क्ती दिनु भएको छ । आफू एमाले पार्टीको कार्यबर्ता हुँ । अन्य कुनै पार्टी सँग मेरो कुनै सम्बन्ध छैन् । एमालेमै रहेर काम गर्नेमा प्रतिबद्ध छु । पत्रकारले मेयर साह सँग तपाइ आजपा तिर लाग्नु भएको हो भनि हल्ला छ नि ! भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
आजपा तिर आफू लागेको भनि गरिएको प्रचार भ्रामक र तथ्यहीन रहेको रहेको बताउनु भयो । राजनितीक माहौल बिगार्ने उदेश्यले यस्तो गलत प्रचार गरिएको प्रष्ट पारे । बदनाम गर्ने बदनियपूर्ण तरिका हल्ला फैलाएको हो । त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गर्नु भयो । आफू अन्य पार्टीमा गएको भनि गरिएको प्रचारमा कुनै सच्चाइ नरहेको बताउनु भयो ।
आजपाका केही कार्यकर्ताहरुले नै यस्तो प्रोपगण्डा रचेको आरोप लगाएका छन् । कसैको नाम उचित नरहेको बताए । पछिल्लो समय पार्टी प्रशिक्षण कार्यक्रम,प्रदेश कमिटी बैठक,जिल्ला कमिटी बैठक लगायतको पार्टीको कार्यक्रममा लगनशिल र सक्रिय रहेको बताए ।
बिगतमा केही गतल प्रवृतिका व्यक्तीहरुको कारण नगरपालिका केही लथालिंग अस्तव्यस्त अवस्थामा भएपनि अहिले आएर सुधार भएको जानकारी गराए । यसमा सबै दलको सहयोग छ । नगरसभाको बन्दसत्र सम्पन्न गरिसकेका छौ । नगरपालिकाको विकास निर्माणको काम अब द्रुत गतिमा अगाडी बढनेमा विश्वास व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0