<

 

आरके श्रीवास्तव,रौतहट,साउन ०२ गते

रौतहट जिल्लाकमा अनुमती नै नलिइ सञ्चालनमा रहेका अस्पतालहरु धमाधम बन्द हुन थालेका छन् । अबैध रुपमा सञ्चालित नेपाल लाईफ हस्पिटलको चरम लापरवाही एवं बदमासीका कारण केही दिन अघि मात्र एक जना सुत्केरीको ज्यान गएपछि उनीहरु अस्पताल बन्द गरेर नै फरार भएका छन् । जिल्लाको देवाहिगोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा सञ्चालनमा रहेको उक्त हस्पिटलका सञ्चालक अहिले फरार छन् ।

त्यसै सँग रहेको रौतहट कान्ति बाल मेमोरीयल हस्पिटल प्रा.लि. गरुडा न.पा. १ जयनगरमा रहेको हस्पिटललाइ पनि सञ्चालकले बन्द गरेर फरार छन् । यसरी अनुमति नै नलिई विगत केही वर्षदेखी गौरकानुनी तरिकाले सो हस्पिटलहरु सञ्चालनमा रहेको भेटिएको हो । त्यस्ता ज्यान मारा अस्पतालहरुले उपचार नै सम्भव हुन नसकेको अवस्थामा अन्यत्र रेफर गर्नुको सट्टा सो अस्पतालले पैसाको लोभमा बलजबरजस्ती राखेर विरामीलाइ मार्ने गरेको श्रोतको दावी छ । बिना अनुमतीका अस्पतालले मानवको स्वास्थ्य जिवनसंग यसरी दिनदहाडै खेलवाड गरिरहँदा समेत नियमनकारी निकायले कुनै ध्यान दिन सकेको छैन् ।

यी अस्पतालहरु उदाहरणमात्र हुन जिल्लामा यस्ता कैयौं अस्पतालहरु छन् । जुन बिना अनुमतीको नै सञ्चालनमा छन् । मानवको स्वास्थ्य जिवनसंग खेलवाड गर्ने त्यस्ता सञ्चालकहरुलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा विरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कार्यवाही गर्न सम्बन्धीत निकायसंग जोडदार माग गरेका छन् ।

यता यस विषयमा सामाजिक विकास मन्त्रालय मधेश प्रदेश सरकारका वरिष्ठ जनस्वास्थ्य प्रशासक(प्रवक्ता) डा.मुक्ति नारायण साह सँग बुझदा मधेश प्रदेश भरीको सबै पालिकाहरुमा कती अस्पतालहरु दर्ता गरेको र कतिले नगरेको,नविकरण गरेको या नगरेको यी सबै तथ्यांकहरु मंगाउँदै छौं । यदि कोइ पनि कानुन विपरीत सञ्चालन भएको पाइएमा कार्यवाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0