<

 

आरके श्रीवास्तव,रौतहट,साउन १ गते ।
रौतहट–रौतहटको गढिमाइमा राष्ट्रिय सेवादलले जिल्लाका ३६ जना विद्यार्थीलाई एनसिसि तालिम दिन सुरु गरेको छ । श्री माध्यमिक औपचारीक रुपमा तालिमको उद्धघाटन गरेर सोमबार देखि १ सय दिने तालिम दिन सुरु गरेको हो ।

श्री माबी समनपुरका ३६ जना छात्र र छात्रालाई १ सय दिने तालिममा सहभागी गराएको जानकारी गराइएको छ । तालिमको पहिलो दिनमा प्रथम प्रवचन र पोशाकहरु वितरण गरी तालिमको सुरु गरेको श्री बिरदल गणका प्रमुख सेनानी गंगा बहादुर विष्टले बताए ।
युवामा ब्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी गरि विभिन्न समयमा आउने विपद्का बेला सहयोग गर्ने उदेश्यले जिल्ला भरीमा १०८ जना विद्यार्थीहरुलाई तालिममा सहभागी गराईएको बिरदल गणका सेनानी विष्टले बताए । बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई एनसिसि जुनियर सिनियर तालिम दिन सुरु गरे पछि विद्यार्थीका अबिभावकहरु समेत खुसी भएका छन् ।

तालिममा विद्यार्थीहरुलाई अनुशासन,शारिरिक तालिम , सैनिक ज्ञान , विपद ब्याबस्थापन, लगायत विभिन्न विषयवस्तु सम्बन्धी ज्ञान दिईने छ । एनसिसि तालिम जिल्लाको तीन वटा बिधालयमा सञ्चालन भैरहेको छ । प्रहरी स्कूल जिंगडिया,श्री शंकर गुदर मावि समनपुर,श्री मावि टिकुलियामा चलिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0