<
रन्धिर साह, रौतहट, असार ३१ ।
रौतहटको कटहरिया नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले प्रथम त्रैमासिक परीक्षा आज सम्पन्न गरेका छन् । प्रथम त्रैमासिक परीक्षा सञ्चालनका लागि पाठ्यपुस्तकका आवश्यक कोर्ष सकेपछि विद्यालयहरु परीक्षाको तयारीमा लागेको थियो ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको क्यालेण्डरअनुसार वितेको असार २४ गतेदेखि सुरु भएको प्रथम त्रैमासिक परीक्षा आज आइतबार ३१ गते सम्पन्न भएको कटहरिया नगरपालिकाका शिक्षा कार्यालयका सुरेन्द्र ठाकुरले बताएका छन् । उनका अनुसार कटहरिया नगरपालिकाका क्षेत्र भित्र रहेका २४ वटा सामुदायिक विधालयहरुमा आज एकै साथ परिक्षा सम्पन्न गरेको हो ।
उनले सो परिक्षामा प्रश्नपत्र विना कक्षा कोठाको बोर्डमा नै प्रश्न लेखेर सो परिक्षा सम्पन्न गरेको बताए । खासमा सो परक्षा विधयालले विधार्थीहरुको छमता वृद्धि गर्ने उदेश्यले संचालन गरेको हुँनाले विना प्रश्न पत्रकै वोर्डको प्रयोगमा परिक्षा भएको उनले बताए । कटहरिया नगरपालिका वडा नम्बर ५ मा रहेको श्री जनता माध्यमिक विधालयका प्रधानाध्यापक शचिन्द्र यादव भन्छन् आज हामी प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेका छम् । गत असार २४ गतेदेखि सुरु भएको परिक्षा आज ३१ गते सम्पन्न भएके हो ।
सो परिक्षा हलमा सोचे जस्तै विधार्थीहरुको उपस्थिति रहेको बताए । उनले विधार्थीहरुको उपलब्धीलाई मूल्यांकन गरी सुधार गर्नुपर्ने कुरालाई आत्मसाथ गर्नका निम्त सो परीक्षा हुँने गरेको बताए । यस्तै सो पालिकाका वडा नम्बर ४ बलिरामपुरका श्री माध्यमिक विधालयमा साचे जस्तै परिक्षा सम्पन्न भएको विधालयका प्रधानाध्यापक देवेन्द्रकुमार जयसवालले बताएका छन् ।
सो विधालयले कक्षा १ देखि कक्षा १० सम्मका परिक्षा आज सम्पन्न भएको बताए । यस्तै पालिका भित्र रहेको सबै विधालयमा परिक्षा सम्मपन्न भए पश्चात एक सूचना जारी गरि साउन १ गतेदेखि भदौको १ गते शुक्रबारदेखि विधालय पुर्ण संचालन हुँने श्री माध्यमिक विधालय बलिरामपुरका शिक्षक शिवमंगल जयसवालले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0