<
रौतटह,२८ गते । रौतहटमा लागुऔषध न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौर बहु–प्राविधिक शिक्षालय रौतहटको आयोजना सो कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सहकार्यमा आज बिहान ०९ः०० बजेको गौर नगरपालिका वडा नम्बर ०९ स्थित रहेको सो शिक्षालयमा अध्ययनरत रहेका छात्रा÷छात्र÷शिक्षक÷शिक्षिका समेत गरी ७३ जनाको सहभागिता रहेको थियो । उक्त शिक्षालयमा कार्यरत रहेका प्र.अ.मुकेश कुमार साहको अध्यक्षतामा प्रहरी निरिक्षक राकेश राईको कमाण्डमा खटिगएको ५ जना प्रहरीहरु समेतले लागुऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी गराएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1