<
रौतहट,२८ गते वैशाख । मधेस प्रदेश सरकारको उद्योग तथा पर्यटन मंत्रालयको सहयोगमा दुर्गाभगवती स्थित पोखरी सौन्दर्यीकरण (बिचली पोखरी स्तरोन्नति) कार्यको शिलान्यास गरिएको छ । दुुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहद्वारा छठघाटको शिलान्यास गरिएको छ । सो शिलान्यास कार्यक्रम विशिष्ट अतिथि वडाअध्यक्ष सुरेश चौधरीको रोहवरमा समापन भएको छ । छठ घाटको निर्माण समयाअवधि भित्र नै सकिने उपभोक्ता समिति अध्यक्ष प्रकाश झाले बताए । छठ पुजा गर्ने ब्रतालुहरुको साथै पर्यटकीय दृष्टिले रमणीय हुने पोखरीको स्तरोन्नति कार्यले स्थानीयहरु हर्षित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1