<

हनुमत यादव,राजदेवी,असार ३० गते ।
रौतहट । रौतहट जिल्लाको दक्षिणी भेग राजदेवी नगरपालिकामा एकै रात १० घरमा चोरी भएको छ । गएराती सेन्धमारी गरेर लाखौं मूल्य बराबरको चोरी गरेर लगेका हुन् । सो नगरपालिकाको वडा नम्बर ७ मुडवलवामा चोरी भएको हो ।

प्रहरी स्रोतका अनुसार स्थानीय पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव, मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, र इजन राय यादवको घरबाट सने फोरेर सामानहरु चोरी भएको हो ।
उनीहरुको घरबाट लाखौंको चोरी भएको पीडित परिवारले जनाएको हो । चोरीको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0