<

मञ्जय राम,परोहा,असार ३० गते
रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा घर भएका ७५ बर्षिय शेख तैयब धान खेतमा विद्युतिय मोटरबाट पानी सिंचाई गर्ने क्रममा मृत्यु भएको हो ।
शनिवार दिउँसो १२ः४० बजेको समयमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

मृतक तैयब परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलको ठूलो दाजु रहेको पारिवारिक श्रोतबाट बुझिएको छ । करेन्ट लागेर छटपटाइरहेका उनलाइ उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजादाँ चिकित्सकले मृत घोष्णा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवंम् डिएसपी उमाशंकर प्रसाद यादवले करेन्ट लागेर मृत्यु भएको पुष्टि समेत गरेका छन् । पोष्टमार्टम पछि शवलाइ आफन्तको जिम्मा लगाइएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0