<

सरिता श्रीवास्तव,कटहरिया,असार ३० गते ।
रौतहट । कटहरिया नगरपालिका वडा नम्बर ४ मा उज्यालो वडा बनाउन वडा अध्यक्ष मुखिया चन्दन कुशवाहाले ‘टावर लाइट’ जडान गराएका हुन् । वडालाइ उज्यालो बनाउने अभियान अन्तर्गत ४ वटा टावर लाइट जडान गराएका हुन् । यसैक्रममा आज बिहान सो वडाका विभिन्न ४ स्थानमा लाइट जडान धमाधम गराएका हुन् ।


सो वडाको बहादुरपुर हनुमान चौक,बलिरामपुर मस्जिद नजदिक,हनुमान मन्दिर टोलापुर र त्रिशक्ती पोलट्री नजदिक जडान गराएका हुन् । ती ठाउँहरुमा आज बिहान पोल ठड्याएर लाइट लगाउने कार्य जारी भएको छ ।
ग्रामिण भेगलाई उज्यालो बनाउने उद्देश्यका चालु आर्थिक वर्षको वडा स्तरीय करिब ९ लाखको बजेट बाट टावर लाइट जडान गरिएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिए । गाउँलाई उज्यालो बनाउने प्रयास निरन्तर जारी रहने उनले बताएका छन् ।


समय अनुसार स्वचालित टावर लाइट जडान गरिएको उनले बताए । वडा स्तरीय कार्यक्रम अन्तर्गत १३ मिटर उचाइका लाइट लगाइएका हुन् । उक्त लाइटले धेरै क्षेत्र समेटने भएको छ । जसले करिब २ सय भन्दा माथिका स्थानियहरु लाइ बाहिर बक्ति बाल्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
टावर लाइट जडान भएपछि अपराधिक गतिविधीमा नियन्त्रण हुने देखिएको छ । कम्पनीको २ वर्षे ग्यारेन्टी वाला एलईडी बल्ब टावर लाइटमा जडान गरिएको वडा अध्यक्ष कुशवाहाले बताए । उनले भने बत्ती अटोमेटिक बल्ने र निभ्ने छ । यसबाट वडावासी लाभाविन्त हुनेमा उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0