<

 

आरके श्रीवास्तव,गरुडा,असार ३० गते रौतहट ।

गरूडा नगर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गरूडा नगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको एक तले भवनको उद्घाटन गरिएको हो । गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले एक कार्यक्रमका बिच समुदघाटन गर्नु भएको हो । गरूडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम लाई उधोग वाणिज्य संघका संतोष चौधरीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिवजी साहले राख्नु भएको थियो । पुरानो भवन जिर्ण भएपछि ५३ लाखको लागतमा गरूडा नगर उद्योग वाणिज्य संघको भवन निर्माण गरि समुद्घाटन गरिएको छ । कार्यक्रममा आफनो मन्तव्य राख्दै एमाले पार्टीका नेता शेख कलिमुलाले जग्गादाता लाई धन्यवाद ज्ञापन गर्दै उधोग वाणिज्य संघको भवन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अध्यक्ष चौधरी धन्यवाद दिनु भएको थियो । अन्य ठाउँमा राजनीतिक दलहरू विकासको मामलामा एक हुन्छ सक्छन् भने हामी किन हुन सक्दैनौं भनेर प्रश्न गरे? हामी सबैजना हातेमालो गरेर गरूडाको विकासमा एकताबद्ध भएर विकासको काम तिव्र गतिमा गर्न आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी संघका मधेस प्रदेश अध्यक्ष रामजी साहले ठूलो कामको थालनी भएको बताउनु भयो । तर व्यापारीहरूको उपस्थिति नहुनु दुःखद रहेको बताउनु भयो ।

बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आग्रह गर्नु भयो । पुर्व उपप्रमुख रंगिला देवी जयसवालले गरूडा नगरपालिकामा नगर उधोग वाणिज्य संघको भवन निर्माण भएको छ । त्यो सबै व्यापारीको लागि खुशिको कुरा रहेको बताउनु भयो ।

 

व्यापारीहरूको मर्कालाई सबैले बुझनुपर्नेमा जोड दिनु भयो । संघको भवनमा आउने बाटो र प्रतिक्षालय निर्माणका लागि आग्रह गर्नु भयो । शनिबार उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख कन्थमनी जयसवालले भवन निर्माणको काम ऐतिहासिक रहेको बताउनु भयो । आफू सधैं व्यापारीहरूको हकहितको लागि लड्दै आएको स्मरण गराउनु भयो । उधोग वाणिज्य संघ सम्म आउने सडक ढलान देखि दोस्रो तल्ला पनि निर्माण गराउने प्रतिबद्धता जनाउनु भयो ।

नगरभरी आवश्यकता परेको ठाउँहरूमा घुम्ती सौचालय सञ्चालन हुने उनले जानकारी गराउनु भयो । कार्यक्रमलाई समापन गर्नु हुँदै संघका अध्यक्ष चौधरीले उधोग वाणिज्य संघको भवन निर्माणमा सहयोग गर्नु जग्गादाता लगायत सम्पूर्ण जनालाई मुरमुरी धन्यवाद ज्ञापन गर्नु भयो । यस अघिको समुदघाटन कार्यक्रम स्थगित हुन पुगेकोमा आफू दुःख लागेको बताउनु भयो ।

आफनो कार्यकालमा यो उदाहरणीय काम गर्न सफल भएको बताए । कार्यक्रम आगामी साउन ०४ गते साधारणसभा हुन गईरहेको जानकारी गराईएको थियो । भवन उद्घाटन कार्यक्रममा अतिथिहरू लाई सम्मान समेत गरिएको थियो । सो अवसरमा गरूडा नपाका पूर्व उपमेयर रंगिला देवी जयसवाल,वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसवाल,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद

जयसवाल,सुनचाँदी व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष रामजी साह,गरूडा नपाका मेयर प्रत्यासी अनिल यादव,दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दास,गरूडा बहुमुखी क्याम्पसका अध्यक्ष लक्षमण प्रसाद साह ,स्थानीय व्यापारी,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0