<

 

रौतहट, असार ३० गते ।

रौतहटको लालबकैया नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्षाहा नजिक लालबकैया नदिमा महिलोको शव फेला परेको प्रहरीले जनाएको छ । लालबकैया नदीमा गुजरा नगरपालिका वडा नम्बर ४ बौधि टोल निवासी बलबहादुर मगरको श्रीमती ७० वर्षीया रत्न माया मगरकी शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रवक्ता प्रहरी ओमप्रकाश खनालले जनाएको छ ।

अविरहल वर्षाले लालबकैयामा शुक्रबार आएको बाढीले मगरलाई बगाईएको र उनकी शव शनिबार फेला परेको प्रहरी प्रवक्ता खनालले जनाएको छ । स्थानीयले लालबकैया बाँधको ढुुङ्गामा अडकीएको अवस्थामा उनकी शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीयले महिलाको शव देखनसाथ प्रहरीलाई खबर गरेको थियो ।

खबर प्राप्त भएलगतै ईलका प्रहरी कार्यालय गरुडाबाट प्रहरी प्रवक्ता खनालसहित प्रहरी टोली घटना स्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0