<

 

रन्धिर साह, रौतहट, असार २३ गते ।

रौतहटको कटहरिया नगरपालिकामा आज एकल महिला विधवा बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले शनिबार बालबालीका तथा बृद्धहरुलाई खादा ओढाई सम्मान गरेका छन् ।

बालअधिकार सरक्षण विधवा महिलाहरुलाई कटहरियाका मेयर जयसवालले सम्मान गरेका छन । सो सम्मान कार्यक्रममा ४५ जना बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेका छन् भने एकल विधवा महिलाहरुलाई खादा ओढाई सम्मान गरेका छन ।

कार्यक्रममा पञ्जीकरण शाखाका संजिप साह, हरेन्द्र साह, योजना प्रमुख रामनरेश राय यादव, वडा नम्बर १ का वडा अध्यक्ष भुपेन महतो कोईरी, २ का वडा अध्यक्ष हरिन्द्र साह, ३ का वडा अध्यक्ष श्यामा कान्त यादव, ६ का वडा अध्यक्ष जयराम चौधरी, ७ का वडा अध्यक्ष शहिद मियाँ धोवी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह लगाएत कार्यपालिका सदस्य मनोज साह, जामुन ठाकुर, वडाका सदस्या लगाएतका स्थानीय भद्र भलादमि बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0