<

 

आरके श्रीवास्तव,राैतहट,असार २३ गते

राैतहट-जिल्लाकाे कटहरियामा आधारभूत पत्रकारिता तालिम समापन भएको छ । पत्रकारितामा महिला सहभागीता बढाउने उदेश्यले आयाेजन भएको पाँच दिने आधारभूत पत्रकारिता तालिम शनिबार समापन भएको हाे । लालबकैया मिडिया प्रा.लि.काे आयोजना तथा कटहरिया नगरपालिकाकाे सहयोगमा तालिम भएको हाे । तालिम सञ्चालनका लागि कटहरिया नगरपालिकाले आर्थिक सहयोग गरेको हाे ।

लालबकैया मिडिया प्रा.लि.का अध्यक्ष युवराज झाकाे अध्यक्षतामा भएको पत्रकारिता तालिमकाे समापन कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव रह्नु भएको थियाे । तालिम समापन कार्यक्रममा प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा र प्रेस मञ्चका राैतहट अध्यक्ष किशोरी यादवले तालिममा सिकेका बुँदाहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । वहाँहरूले पत्रकारिता पेसामा दक्षता हासिल गर्न तालिममा महत्वपूर्ण सहयोग गर्ने बताए ।

महासंघ राैतहटका अध्यक्ष झाले जिल्लाको पत्रकारितामा महिला सहभागीता बढ्ने विश्वास व्यक्त गर्नु भयाे । तालिमका सहभागीहरूले तालिम फलदायी भएकोले पत्रकारितालाई व्यहारमा उतार्न सहयोग पुग्ने प्रतिक्रिया दिए । कार्यक्रमकाे प्रमुख अतिथि यादवले पत्रकारिता तेस्रो आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्य तथ्यलाई उजागर गर्नुपर्ने यसको मुल मर्म भएको हुँदा बिशेषगरी यसतर्फ तालिम समापन पछि पत्रकारिता गर्दा सबैदे ध्यान दिनु हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

साथै वहाँले बिद्यार्थीहरूले चाह्याे भने कटहरिया बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन सुरु हुन सक्ने बताउनु भयाे । यसका लागि कम्तीमा १० बिद्यार्थीहरू आवश्यकता पर्ने प्रष्ट पार्नु भयाे ।

सबैकाे साथ सहयोग भए त्रिभुवन विश्व बिधालय बाट सम्बन्धन प्राप्त गरि पत्रकारिताकाे पढाइ सुरू गर्न सकिने बताउनु भयाे । साे पत्रकारिता तालिममा कटहरिया नगरभरीका १० जना पुरूष र ४० जना महिला गरी करिब ५० जनाको सहभागिता रहेको आयाेजक संस्थाका अध्यक्ष झाले बताउनु भयाे । तालिम समापन पछि सहभागीहरू लाई प्रमाणपत्र पनि प्रदान गरिएको थियोे ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0