<

 

राैतहट,असार २३ गते
राैतहट-नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्र अन्तर्गत दुई तीन दिन देखी सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा उपभोक्ता हैरान भएका छन् । नेपाल विद्युत् प्राधिकरण माैलापुर वितरण केन्द्रको फितलो व्यवस्थापनका कारण यस्तो समस्या हुने गरेको छ ।
यस भेगका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । तर आज बेलुका त अति नै भयाे भनेर उपभोक्ताले गुणासाे गरेका छन् ।

छिन छिनमा बत्ती जाने र आउने कार्यले कटहरिया नगरपालिका लगायत वितरण केन्द्र अन्तर्गतका उपभोक्ताहरू लाई सास्ती खेप्नु परेकाे छ ।

यसरी हुँदा माेटर, फ्रिज, पंखा, बल्ब, एसि, कुलर, आईरण, हिटर , लगायतका ईलेक्ट्राेनिक सामाग्रीहरू खराब हुन सक्ने उपभोक्ता हरू बताउँछन् । यस विषयमा वितरण केन्द्रमा सम्पर्क गर्न खाेजदा सम्पर्क हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1