<

 

रन्धिर साह, रौतहट, असार २१ गते ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आज ठुलो संख्यामा वोट विरुवा वितरण भएको छ । देवाही गोनाही नगरपालिका वडा नम्बर ९ स्थित रहेको धरहरी गाउँमा आज (विहिबार) का दिन वृक्षारोपण गर्ने उदेश्यले नगर प्रमुख प्रेमलाल साहले २५ सय भन्दा बढी आप, लिचि, अम्बा र कटहरको वोट वितरण गरेका छन् ।

उनले देवाही गोनाही नगरपालिका भित्र रहेका सबै वडाहरुमा वोट विरुवा रोपने अभियान चलाएका छन् । सोही अभियान अन्तर्गत धरहीमा वोट विरुवा वितरण गरिएको मेयर साहले बताएका छन् ।

सो वोट विरुवाहरुलाई व्यवस्थीत तरिकाले रोपन र रोपकेको विरुवाको संरक्षण गरि हुर्काउन उनले सबैको कर्तव्य रहेको बताए । सो कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विरबहादुर साह, जनप्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0