<
आरके श्रीवास्तव,राैतहट,असार २२ गते ।
राैतहट : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजाअनुसार राैतहटकाे शितलपुरका सतिश कुमारले जिल्लाका सहभागीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् । फतुवा बिजयपुर नगरपालिका-२ मा रहेको श्री माध्यमिक विद्यालय शितलपुर बाट एसईईमा सहभागी भएका उनले राैतहट जिल्लामै सबैभन्दा बढी ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ल्याई उतीर्ण भएकी हुन्।
उनले ३.९५ जीपीए ल्याएका छन्। सिम्बाेल नम्बर ०३५०८३८० आर भएका उनी ९८.७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् ।
राैतहटको फतुवा बिजयपुर नगरपालिका-२ बैरगनिया घर भएका सतिशले जिल्लाभरिको सामुदायिक विद्यालयहरूमा उत्कृष्ट अंक ल्याउन सफल भएको जिल्ला शिक्षा समन्वय ईकाइ राैतहटका प्रमुख रामबिनय कुमार सिंह बताउनु भयाे ।
एसईईको नजिता अनुसार आफूले लक्ष्य लिएको अनुसार नै अंक प्राप्त गरी उतीर्ण हुन सफल भएको सतिशकाे भनाइ छ । उनी भन्छन्, ‘मैले आमाबुबाको दुःख, कष्ट धेरै नै नजिकबाट नियालेके छु। उहाँहरूले पढाइलेखाइको क्रममा मलाई कुनै कुराको पनि कमि हुन दिनुभएन। यता, मेरा गुरुजनहरू पढाइलेखाइको क्रममा कहिकतै त्रुटी हुन दिनुभएन्।
आगामी दिनमा मिहिनेत र लगनशील भएर पढ्नेछु अनि यो भन्दा पनि राम्रो अंक ल्याएर उहाँहरूको शीर अझै उठाउन चाहन्छु।’ भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ सामुदायिक बिद्यालय प्रति अभिभावकहरूकाे आकर्षण कम भईरहेकाे अवस्थामा सामुदायिक बिधालयमा नै अध्ययन गरेर राम्रो अंक ल्याएर उनले सामुदायिक बिद्यालयकाे नाम राेशन गर्न सफल हुनु भएको छ ।
बिद्यालय रहेकाे साे वडा का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजय भन्छन्,आफू निर्वाचित भएदेखि नै शिक्षाकाे स्तर उकास्न हर सम्भव प्रयास गरिरहेकाे बताए । त्यही अनुसार बिद्यालय अगाडि बढिरहेकोमा आफूलाई खुशि लागेकाे प्रतिक्रिया दिए ।
जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिश लाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना पनि गर्नु भएको छ । साे बिद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिश लाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना गर्दै बिधालयलाई अगाडि बढाउनमा चाैतर्फी सहयोग हुन सके नतिजा यस्तै ल्याउन सक्ने बताए ।
साे बिधालयका प्रधानाध्यापक ,बिद्यार्थीका अभिभावक र वडा अध्यक्ष ज्यूहरू सँग रिपोर्टिङकाे क्रममा लिईएका केही तस्बिरहरू :-
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
1
+1
1