<

 

रन्धिर साह, रौतहट, असार २१ गते ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित रहेको टिकुलिया गाउँमा ठुलो संख्यामा बोट विरुवाहरु वितरण भएको छ । देवाही गोनाही नगरपालिकाको आयोजनामा सो कायक्रम भएको छ ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र देवाही गोनाही नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष उपेन्द्र साहका संयुक्तमा सो कार्यक्रम भएको थियो । गाउँलाई हरी भरि वनाउने उदेश्यले वडा अध्यक्ष साह वोट विरुवा वितरण गरेको बताएका छन् ।

उनले सो कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने बताएका छन् । उनले वोट विरुवा रोपने अभियान अन्तरगत आँप, लिची, असोक र अम्धुरका बोटहरु बितरन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0