<

 

आरके श्रीवास्तव,रौतहट, १५ गते असार  ।

देशभर शुक्रबार धान दिवस मनाएको छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ ।  यसैक्रममा रौतहटमा अखिल नेपाल किसान महासंघ रौतहटले खेतको हिलोमा धान रोपेर धान दिवस मनाएका छन् ।  नेकपा एमालेका नेताहरु  शुक्रबार रोपाइँमा रमाएका छन् ।

अ.ने.कि.म.रौतहटका अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको धान रोपाइ कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् पुर्व सांसद रेखा कुमारी झाको प्रमुख आतिथ्य , मधेस प्रदेश पूर्व मन्त्री एवम् प्रदेश सांसद केशव चौधरीको बिशिस्ट आतिथ्य र अतिथिहरुमा एमाले प्रदेश सचिवालय सदस्य मणिशंकर निधि ,

देवाही गोनाही उपप्रमुख परनिया देवि ,प्रदेश कमिटी सदस्य रुपनारायन दास , एमाले रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेल, किसान नेता भारत पटेल , दिपक यादव ,नगर अध्यक्ष ब्राह्मदेव राउत लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

देवाहि गोनाही नपाको वाड न.१ करुनियामा धान रोपि धान रोपाइ दिवस कार्यक्रम सम्पन्न भएको हो र सो धान रोपाइ दिवस कार्यक्रम आयोजना गरेकोमा अ.ने.कि.म.रौतहटलाइ धन्यवाद ज्ञापन दिई कार्यक्रम समापन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0