<

सरिता श्रीवास्तव,कटहरिया,असार १५ गते

रौतहट प्रहरीले फरार प्रतिवादी लाइ पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्रेको हो । प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बिभिन्न मुद्दा शिर्षकका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता उमाशंकर यादवले जानकारी गराउनु भयो ।

पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाको फरार प्रतिवादीहरु गरुडा न.पा.२ गेडहिगुठि बस्ने अन्दाजी वर्ष ६५ को बलिराम सहनी ,सोही ठाउँमा बस्ने अन्दाजी वर्ष ५५ को कृष्णनन्दन सहनी ,अन्दाजी वर्ष ३५ को सुनिल सहनी ,अन्दाजी वर्ष ३९ को प्रभुनन्दन भन्ने शशि सहनी रहेका छन् ।

त्यस्तै जुवा सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादीहरु सोही ठाउँमा बस्ने अन्दाजी वर्ष ६५ को जम्दार साह ,वर्ष ६० को जुकिन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0