<

 

मुम्बई, १६ असार ।

भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ ।

 

बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।

 

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

 

बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको पुष्टी गरेका छन् । बसका चालक पनि बाँच्न सफल भएका छन । चालकका अनुसार अचानक बसको टायर पडके पछि बस पल्टिन गएको र त्यसैबिचमा आगलागी सुरु भएको थियो ।

 

रिपोर्टका अनुसार प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा  बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

यस्तो अवस्थामा गाडीमा सवार यात्रुहरु गाडीबाट बाहिर निस्कन पाएका छैनन् । दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा फैलिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0