<

 

मञ्जय राम,कटहरिया,असार १५ गते

रौतहटमा सामुदायिक साझेदारी कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ईप्रका गंगापिपराको सहयोगमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०१ गंगापिपरा बजारको प्राङ्गनमा भद्रभलादमी बुदिजीवी समाजसेवी गरी अन्दाजी १५/२० जना भेला जम्मा गराई बाढी डुवान न्यूनिकरण सम्बन्धी सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी वडा समिति नम्बर २ गौर नगरपालिकाको आयोजना र भन्सार सुरक्षा गार्ड रौतहटको सहयोगमा जिल्ला रौतहट गौर नगरपालिका वडा नंं.०२ स्थित रहेको भन्सार कार्यालयको बेरियर नजिक उक्त गार्डमा कार्यरत रहेका

प्र.ना.नि. सिकेन्द्र प्रसाद साहको कमाण्डमा खटि गएको २ जना प्र.क.हरु समेतले सोही वडाका स्थानिय, भद्रभलादमी, पुरुषहरु,बाटोमा आवत(जावत गर्ने मानिसहरु समेत गरी अन्दाजी १५ जना मानिसहरुको सहभागितामा बाढी डुवान तथा विपद् न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0