<

 

रन्धिर साह, रौतहट, असार १५ गते ।

रौतहटमा बैंक खातामा अनाधिकृत पहुच पुर्याई ठगी गर्ने कार्यमा संलग्न रहेकामध्ये ७ जना प्रहरीको फन्दामा परेका छन् । आज (शुक्रबार) बैंकबाट रुपैयाँ चोरी कार्यमा संलगन रहेका ११ जना मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ३ निवासी रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावनमा रहेको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रकम गएको जेठको ५, ६ र ७ गते दैनिक रु. ३ लाख (तिन लाख) को दरले जम्मा रु.९ लाख रकम अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा रकम ट्रान्सफर भएको हो ।

सो घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरुले अनाधिकृत रुपमा बैंकको खातामा पहुच पुर्याई विभिन्न व्यक्तिहरुको खातामा रहेका रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैह्रकानूननी रुपले निकाली आर्थिक लाभसमेत लिई ठगी कार्यमा संलग्न व्यक्तीहरुले विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको प्रयोग गर्ने नाम र पासवोर्ड समेत पहुचमा लिई खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक उमाशंकर राय यादवले जानकारी गराएका हुन् ।

पक्राउ पर्नेहरुमा बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी २१ वर्षीय राजनारायण चौरासिया, सोही पालिकाका वडा नम्बर १९ केहुनी विन्दाबासनी निवासी २१ वर्षी महम्द मुस्तुफा हवारी, दोलखा जिल्लका बैदेश्वर गाँउपालिका वडा नम्बर ५ सिमबारी टोल निवासी २९ वर्षीय सुन्दर खड्का,

काभ्रेपलान्चोकका भुम्लु गाँउपालिका वडा नम्बर ९ पिङगोला निवासी १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका वडा नम्बर २ भुट्टार निवासी २० वर्षीय केवल रास्कोटी, सिरहाका मिर्चैया नगरपालिका वडा नम्बर ८ भगवानपुर निवासी १९ वर्षीय दिपे सदा र सोही जिल्लाका गोलबजार नगरपालिका वडा नम्बर ८ चोहर्वा निवासी २३ वर्षीय श्रवण दास पक्राउ परेका छन् ।

उनीहरुको पासबाट मोबाईल ६ थान, विभिन्न व्यक्तीहरुको विभिन्न बैंकको एटिएम १५ थान, मोटरसाईकल १ थान र नगद रकम रु। ६६ हजार बरामद भएको प्रहरी प्रवक्ता यादवले जनाएका छन्। पक्राउ परेका सबै जनालाई रौतहट जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1