<

आरके श्रीवास्तव,रौतहट,असार ०६ गते
रौतहटमा अतिरिक्त हुलाक खारेज विरूद्ध प्रदर्शन गरिएको छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपाल जिल्ला समिति रौतहटको आयोजनामा मंगलवार विरोध रैली निकालिएको छ । उनीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर, अतिरिक्त हुलाकमा लामो समय देखि कार्यरक्त कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन्,हुलाकको संरचना खारेज हैन यसको सेवा पुनः संरचना गर,राजिनामा दिइ सेवा बाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चत गर लागायतका मागहरु राखि विरूद्ध प्रदर्शन गरेका छन् ।
एसोसिएसनले एक प्रेस विज्ञप्ती जारी गरी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने घोषणा प्रति घोर आपक्ती प्रकट गरेका छन् । अतिरिक्त हुलाक कर्मचारीहरुलाइ निर्मम मर्माहित कुठाराघात भएको हुनाले सो निर्णय फिर्ता लिनु हुन सरकारलाइ विनम्र आग्रह गरिएको छ ।

अतिरिक्त हुलाक खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १६ देखि नै सेवा ठप्प बनाएका छन् । मंगलवार देखि जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयमा अतिरिक्त हुलाक कार्यालय पिडित परिवारले कालो पट्टि बाँधी देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने एसोसिएसनका जिल्ला अध्यक्ष राजेन्द्र चौधरी हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष चौधरीले सरकारले अतिरिक्त हुला कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।

रौतहट जिल्लामा २ सय जना भन्दा बढीको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि गरि अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी काम गर्छन् । जिल्लामा यी तिनै खालका कर्मचारीहरुको संख्या २ सय २३ रहेकोमा ५ जनाको मृत्यु र २ जनाले स्वेच्छीक अवकास लिएको अध्यक्ष चौधरीले जानकारी गराउनु भयो ।

अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले पाउँदै आएको पारिश्रमीक बढाउन वर्षाैदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनीहरूले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0