<

 

आरके श्रीवास्तव,रौतहट,असार ०२ गते

रौतहटको कटहरियामा डोम समुदायको बुद्धिजीवी तथा अगुवाहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित कटहरिया बजारमा रहेको विवाह मण्डप भवनमा कार्यक्रम आयोजन गरिएको थियो ।

डोम समुदाय विकास केन्द्र रौतहटको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमको अध्यक्षता डोम समुदाय विकास केन्द्रका अध्यक्ष विरेन्द्र मलीले गर्नु भएको थियो । भने प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथीको रुपमा वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव रह्नु भएको थियो । पालिका स्तरीय भएको डोम भेलामा कटहरिया नगरपालिका लगायत अन्य ठाउँबाट आउनु भएका डोम समुदायको मानिसहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले डोम समुदायका मानिसहरुले शिक्षा,स्वास्थ्य,रोजगारी, सुकुम्बासी समस्या,खानेपानी समस्या,सौचालय समस्या लगायतका विषयमा आवाज उठाएका थिए ।

कार्यक्रममा वक्ताहरुले सबैजना मिलेर अगाडि बढौं,आफनो हक अधिकारको लागि एक जुट भई अगाडि बढनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष श्यामाकान्त यादवले डोम समुदायको उथानको लागि उनीहरु आफैं लाग्नु पर्नेमा जोड दिएका थिए ।

साथै उनले डोम समुदायको लागि आफनो वडा बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत साहले डोम समुदायलाइ संगठित भएर लाग्न आग्रह गर्नु भयो ।

साथै अन्तरक्रियामा उठेका सवालहरुलाइ नगरपालिका बाट सम्बोध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । विजय मलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रोहित मलीले राख्नु भएको थियो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0