<

 

रौतहट, ३ असार 

रौतहटमा दुइ दिनमा करेन्ट लागेर रौतहटमा तीन जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा शुक्रवार राती १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ । दुखद खबर ३भावपूर्ण)श्रद्धान्जली स्तब्ध रनिशब्द छु ।

लेख्ने शब्दै छैन के लेख्ने रु यता परोहा नगरपालिका वार्ड नं ५ नमनगरा निवासी अबुलैस मिया कवारीको आज बिधुतको लाईनको पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानिय पत्रकार ललन चौरसियाले जानकारी गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0