<

 

आरके श्रीवास्तव,रौतहट,जेठ ०२ गते

रौतहटको देवाहीगोनाही नगरपालिकामा रहेको नगर स्तरीय अस्पताल नगर प्रमुख प्रेमलाल साह र स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहाको कारणले अस्तव्यस्त बनेको उपप्रमुख परनिया देवी पटेलले आरोप लगाएकी छिन् आज पत्रकारहरु सँग कुराकानी गर्दै उनले अस्पताल सञ्चालन गर्न नगरसभा बाट बजेट छुट्टयाए पनि ती दुइ जनाको कारणले आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् ।

अस्पताल सञ्चालन गर्न नगरसभा बाट १ करोड बजेट छुट्टयाएको उपमेयर पटेलको भनाइ छ । हामीले बजेट पास गर्यौ त्यो बजेट बाट समान खरि गर्ने देखि लिएर औषधी खरिद गर्ने काम स्वास्थ्य संयोजकको हो । तर उनले आफनो जिम्मेवारी बाट पञ्छिए पछि यस्तो अवस्था हुन पुगेको उनले आरोप लगाएकी छिन् ।

अस्पताल सञ्चालनको लागि छुट्टयाएको बजेटमा पनि हिनामिना भएको हुन सक्ने उनको दाबी छ । बजेट छुट्टयाउने जनप्रतिनिधीको हो तर कसरी सञ्चालन गर्ने ,समान खरिद गर्ने त्यो सबै जिम्मेवारी कर्मचारीको हो । कर्मचारी नै आफनो काम बाट पछाडी हटेपछि अस्तव्यस्त हुने स्वाभाविक हो । तर त्यसको दोष म माथि लगाउनु गलत छ ।

अस्पतालको समग्र समस्याको बारेका कार्यपालिकाको बैठकमा आफूले आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । देवाहीगोनाहीको नगर स्तरीय अस्पताल अस्तव्यस्त छ । जनशक्ति नै छैन् ,औषधीको अभाव छ । जनशक्ति नहुँदा भिडियो एक्सरे चल्न सकेको छैन् । अस्पताल सञ्चालन गर्न करोडौं बजेट छुट्टयाइयो तर त्यसको कुनै लेखाजोखा नै छैन् ।

अस्पतालको यस्तो अवस्था भएपछि सेवाग्राही भने मारमा परेका हुन् । अस्पतालमा जेनेरेटर नहुँदा टर्च बालेर प्रसूति सेवा दिनु परेको अस्पतालका इन्चार्ज आन्नद पटेलले बताएका छन् । आफूले पटक पटक नगरपालिकाको स्वास्थ्य शाखामा यहाँका समस्याको बारेमा अवगत गराए पनि कसैले ध्यान नदिएको गुणासो गरेका छन् । यता यस विषयमा स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहा सँग बुझदा उनले आफूमाथि लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

नगरपालिका नै अस्तव्यस्त भएपछि यस्तो अवस्था हुन पुगेको उनको भनाइ छ । नगर प्रमुख प्रेमलाल साहले प्रतिक्रिया दिदै भनेका छन् आफूहरुले छुट्टयाएको १ करोड बजेट कहाँकहाँ खर्च भयो त्यो सम्बन्धी कुनै जानकारी नरहेको प्रष्ट पार्नु भयो । प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले आफनो मनलाग्दी तरिकाले खर्च गरेको हुन सक्ने उनको अनुमान छ । यसबारे कार्यपालिका बैठकमा छलफल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0