<

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,३१ गते जेठ
प्रभु साह निकट आइटि आर्मीले चन्द्रपुर सहितको जिल्लाको अधिकांश स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आज विभिन्न स्थानीय तहहरुलाई आम जनताको दैनिक जनजीवनका कठिनाई एवं समस्याहरुको सहज समाधान गर्न तथा पालिका र पब्लिक बिच परस्पर सुखद एवं सुमधुर सम्बन्ध स्थापित गर्ने गराउने उदेश्यका साथ विभिन्न माग एवं ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरेको छ ।


जिल्लाको चन्द्रपुर,गरुडा,कटहरिया सहित करिब १३ वटा पलिकाहरुमा सम्बन्धीत नगर कमिटिले ज्ञापन पत्र बुझाएको आईटी आर्मीका मधेश प्रदेश अध्यक्ष नरेश साह तुरहाले जानकारी गराउनु भयो ।
ज्ञापन पत्रमा बजेटको भागबन्डा बन्द गर, पानी बिजुली फ्री गर,गरीब दलितलाई आवासको व्यवस्था गर,किसानलाइ पेन्सन देउ,आमजनता जिन्दावाद,घुस कमिसन बन्द गर,दलतन्त्र मुर्दाबाद ,आम जनताको लोकतन्त्र ,भगौडा दलाल मुर्दावाद नाराहरू लगाउँदै पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।


यस्तो छ ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा, अहिले देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको कुरा तपाई हामी सबैलाई सर्वविदित नै छ । यस आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ ।

यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणालीमा आश्रित कृषि रहेको, व्यापार ब्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढÞिरहेको तथा मजदूरहरु बाध्यभएर कष्टकर बैदेशिक रोजÞगारीबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधीहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ।


जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खड़ा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सन हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ ।

यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्ता सम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने , आन्तरिक राजस्वलाई समेत पारदर्शी न बनाउने जस्ता कार्य गरिरहेकोछ ।

 

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधानका गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0