<

 

आरके श्रीवास्तव,गरुडा समाचारदाता,३१ गते जेठ
चन्द्रपुरःरौतहटको उक्तरी भेग चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्ने काम सुरु गरिएको छ । आज (बुधबार) बाट देउराली चौक बाट दक्षिण पूर्व अवरुद्ध पानी सूचारु गर्न खाडल खन्ने सुरु गरिएको हो ।


नेपाली काङ्ग्रेसका चन्द्रपुर नगर सभापती मुकेश गिरिको पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप हाल्न खाडल खन्न सुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए ।


आज खाडल तयार भए संगै भोलि नै पाईप हाल्ने कार्य हुने सचिव भटृराईको भनाइ छ । त्यस्तै पैसा नतिरेका उपभोक्ताहरु लाइ महसुल बुझाउन अनुरोध गरिएको छ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारी सहित टोलिले सो काम सुचारु गराएका हुन् ।


बिगत ३ महिना देखि पुर्व टोलका लगायत अन्य ठाउँका उपभोत्ताले शुद्ध खानेपानी बाट बञ्चित भएका बिषयलाई मध्य नजर गर्दै सो माम सुचारु गरिएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष किशोर प्रसाद उपाध्यायले बताए । कोही पनि उपभोक्ता खानेपानी बाट बञ्चित हुनु हुँदैन् उनको भनाइ रहेको छ ।


यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले आफुले प्रतिबद्धता गरे अनुसार पाईप सहयोग गरेको बताएका छन् ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0