<

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,३१ गते जेठ ।
चन्द्रपुर । रौतहटको चन्द्रपुरमा चोरीको घटनामा बृद्धि भएपछि स्थानियवासी हैरान भएका छन् । चन्द्रनिगाहपुर आसपासको बस्तिमा चोरीका घटना बढ्दै जान थालेको स्थानियहरुले बताएका छन् ।

 

रातीको समयमा घर घरबाट मोवाईल लगायत सरसमान चोरी हुन थालेको छ । चोरी गर्ने गिरोह सक्रिय रहेको स्थानियहरुको भनाइ छ ।
गर्मीको बेला घरको झ्याल खोलेर सुत्ने भएपछि त्यसको फाईदा उठाउदै चोरहरुले लौरोको सहायतामा मोवाईल चोर्ने गरेको स्थानियको गुनासो छ ।

गएको सोमबार राती स्थानीयवासी विसाल तिवारीको सुतिरहेको बेला मोवाईल चोरी भएको थियो ।
स्थानीयहरुले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रातीको समयमा मोवाईल गस्ति लाई कडा पार्न माग गरेका छन् ।

इप्रका चन्द्रनिगाहपुरका डिएपी एकनारायण कोईरालाले साना तिना चोरीका घटनामा संलग्न चोरहरुलाइ प्रहरीले चाडै नियन्त्रणमा लिने बताएका छन् । यस भेगमा पछिल्लो समय मोटरसाईकल र मोवाईल चोरीका घटनामा बृद्धि भएपछि स्थानियवासी त्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0