<

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू थप २ दिन बन्द हुने भएको छ । चन्द्रपुर नगरपालिकाले आज( बुधबार) एक सुचना जारी गरि जेठ २६ गते शुक्रबार सम्मका लागी पुनः विद्यालयहरु बन्द रहने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी गराउनु भयो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि गत जेठ १९ गतेदेखि २४ गते सम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका थिए । चन्द्रपुर नगरपालिकाले भने दुई दिन अझै बिदा दिईएको छ । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेको प्रमुख सिग्देलले बताउनु भयो ।

बिधालय खुलेपनि अभिभावकहरू बच्चा पठाउने अवस्था नदेखिएपछि बिधालय बन्द गराउनु परेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझ्दा जिल्लाको दुई पालिका गुजरा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले बिहान ९ः३० बजे सम्म पालिका भित्रका बिधालयहरू सञ्चालनमा नै राखेको जानकारी गराए ।

आफूहरूले जिल्लाका सबै पालिकाको नाममा एक हप्ता बिधालय बन्द गर्न परिपत्र गरेको बताए । यदि गर्मीको यस्तै अवस्था रहि रह्यो भने आईतवार विपद व्यवस्थापन समितिको बैठक बसी पुनः बिधालयहरू बन्द गरिने उनले बताए ।

जिल्लामा केही दिनदेखि तापक्रम बढेको छ । ४० डिग्रीदेखि ४३÷४४ डिग्री सम्म तापक्रम मापन गरिएको छ । विगतका बर्षको तुलनामा रौतहटमा तापक्रम अत्याधिक बढेकोले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घर बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0