<

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीमा रहेको श्री प्राथमिक बिधालयमा दुइ कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।

सो नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । गरुडा नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको मेयर जयसवालले बताउनु भयो ।

भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धि गराउन समेत गरुडा नगरपालिका अग्रपंक्तिमा रह्न लागि परेको मेयर जयसवालको भनाइ छ । सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,शिक्षाप्रेमी लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0