<

 

आरके श्रीवास्तव,बज्जिकाञ्चल,जेठ २४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक वडामा सामुदायिक भवन निर्माण हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत फतुवा गाउँमा सामुदायिक भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको विशेष पहलमा निर्माण हुने सो भवनको वडा अध्यक्ष रामबिस्वास राय यादव द्वारा सामुदायिक भवनको शिलान्यास गर्ने कार्य गरिएको छ ।

भवन निर्माणसँगै सो स्थानमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालाई आफ्ना गतिविधि सञ्चालन र विवाह, ब्रतबन्ध,पार्टी,गोष्टी लगायतका प्रायोजनमा सहयोग पुग्ने वडा यादवले बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0