<

 

रौतहट,२४ गते जेठ रौतहट ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दैवीप्रकोपका घटना मधेस प्रदेसमाबढि हुनेको कुरा बताएका छन । मधेश प्रदेश विपद व्यवस्थापन समितिले रौतहटको नुनथर स्थित बागमती नदीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री यादवले दैवी प्रकोपबाट सवै प्रदेश भन्दा बढि पिडित हाम्रो प्रदेश हुनु परेको दाबी गरेका छन ।

उनले भने मधेस प्रदेशमा गर्मीमा लु , लागेर ,जाडोमा शित लहरबाट र वर्षातमा बाढि डुब्बान – कटानबाट बर्षेनी ठुलो नोक्सानी व्योहोर्दै आएका छन । मधेस प्रदेश स्तरीय वाढि तथा विपत उदार अभ्यास कार्यक्रममा बोल्देै कोशी , कमला, बागमती र बकैया नदिका कारणले ठुलो जनधन तथा जग्गा जमिन बाली नालीमा नोक्सानी हुँदै आएको बताए ।

मुख्यमन्त्री यादवले कार्यक्रम स्थलबाटै भने हे जानकी माता र हे पशुपति नाथ महादेव नेपाललाई विपत्तिबाट रक्षा गर्नु होस। सो कार्यक्रममै मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रालयका सचिव ढकाललाई विपत तथा उदारमा सहयोग पुग्ने सामग्रीको लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न निर्देशन समेत दिएका छन ।

सो अवसरमा नेपाली सेना मध्य पुर्वी पृतना हेड क्वाटर वर्दिवासका पृतनापति उप रथि प्रेमध्वज अधिकारी , प्रहरी नायव महानिरिक्षक जनक भट्टाराई , सशस्त्र प्रहरी नायव महानिरिक्षक दीपेन्द्र साह ,सहित मधेस प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा विपत उदा्र अभ्यास गरिएको थिथो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0