
आरके श्रीवास्तव,राैतहट,२३ गते चैत ।
जनता समाजवादी पार्टी नेपाल(जसपा) काे जिल्ला अधिवेशन नजिकिए सँगै दाबेदारीहरू प्रस्तुत हुन थालेको छ । आउँदो चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडामा जसपा नेपाल राैतहटकाे अधिवेशन हुन गइरहेको छ ।
जसमा गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवले जिल्ला अध्यक्ष पदमा आफ्नाे दाबी रहने बताएका छन् ।
उनले अध्यक्ष पदमा दाबेदारी रहने समेत घाेषणा गरिसकेका छन् । जसपा नेपाल मधेस प्रदेश कमिटी सदस्य समेत रहनु भएका यूवा नेता प्रखर वक्ता यादव अध्यक्ष पदमा भिड्ने भएका छन् ।
यूवा नेता यादव लामाे समयदेखि पार्टीमा सक्रिय भएर लागेका छन् । अध्यक्ष पदमा दाबी पेश गरेसँगै उनी पक्षधर नेता कार्यकर्तामा उत्साह छाएको छ । नेता कार्यकर्ताहरूले यादवलाई अध्यक्ष बनाई छाड्ने मुडमा छन् ।
उनका समर्थक नेता कार्यकर्ताले पार्टीका शिर्ष नेताहरू सँग मेयर प्रत्यासी यादवलाई नै जिल्ला अध्यक्ष पदकाे नेतृत्व प्रदान गर्न आग्रह गरेका छन् ।
यस्तै जसपा नेपालका अन्य नेताहरूले पनि अध्यक्ष पदमा आ-आफनाे दाबी पेश गरिरहेका छन् । बाैधीमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजिव रंजन यादवले पनि अध्यक्ष पदमा दाबी पेश गरिरहेका छन् ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।
