oplus_0
<

आरके श्रीवास्तव,रौतहट,१४ गते चैत ।
रौतहट । जीवन विकास लघुवित वित्तिय संस्था लिमिटेड मौलापुर शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ । वित्तिय साक्षरता सम्बन्धि जानकारी गराउने उदेश्यले मौलापुर पार्क होटेलमा भएको एक दिने सो कार्यक्रममा केन्द्र प्रमुख र उपप्रमुखहरु लाइ लक्षितगरी कार्यक्रम गरिएको हो ।


मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका आन्तिरिक लेखा परिक्षण विभागका प्रमुख बिनोद प्रसाद साहले अध्यक्षता गर्नु भएको थियो । भने विशिष्ट अतिथीको रुपमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र राय यादव रहनु भएको थियो ।

विहिवार राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी मेयर साहले पानसमा बक्ती बालेर कार्यक्रमलाइ उदघाटन गरेकी थिइन् ।
जीवन विकास लघुवितका जिल्ला प्रमुख पंकज मण्डलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मौलापुर शाखाका प्रमुख मदन कुमार कामतीले राख्नु भएको थियो । स्वागत मन्तव्य राख्दै शाखा प्रमुख कामतीले मौलापुर शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कुल १ हजार ४६ सदस्य संख्या रहेको मौलापुर शाखा अन्तर्गत ६२ वडा केन्द्र संख्या रहेको उनले जानकारी गराएका थिए । जसमा ५ सय २९ जना ऋणीमा ६ करोड ६३ लाख २६ हजार ५ सय १५ रुपैयाँ १२ पैसा ऋण लगानी रहेको तथ्यांक प्रस्तुत गरेका थिए । जम्मा ४ जना कर्मचारी रहेको सो शाखामा १ करोड ५७ लाख ६० हजार ६ सय ७९ रुपैयाँ ९५ पैसा बचत रहेको कामतीले बताए ।

उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी साहले यो लघुवितले विगत ४ वर्षमा राम्रो सदस्य संख्या बनाउन सफल भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेकी थिइन् । लघुवित बाट लिएको माधानी महायज्ञमा मन्दिरका लागि संस्थाबाट डष्टवीन सहयोग गरेकोमा धन्यवाद पनि ज्ञापन गरेकी थिइन् ।

यो लघुवितमा सहभागी भएर महिलालाइ धेरै प्रगती गरेकोमा र कार्यक्रममा महिला सहभागिता हेरेर खुशी पनि प्रकट गरेकी थिइन् । कार्यक्रममा संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ऋण,बचत,डिजिटल सेवाको बारेमा सहभागीहरुलाइ विस्तृत रुपमा जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी उपमेयर यादवले यस लघुवित बाट जुन प्रायोजनको लागि ऋण लिनु भएको छ । त्यसै प्रायोजनमा खर्च गर्न सुझाव दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रमको सभाध्यक्षता गरिरहनु भएका साहले लघुविक्त बाट लिएको ऋण सही समयमा भुक्तानी गर्न आग्रह गर्दै लिएको ऋणलाइ पनि सदुपयोग गर्न सुझाव दिएका थिए ।

त्यस्तै उनले अहिले बजारमा लघुवत्त बैंकको बारेमा भैलाइएको हल्लाको पछाडी नलग्न आग्रह समेत गरेका थिए ।

यता कार्यक्रममा उत्कृट उधमी,उत्कृष्ट बचतकर्ता,उत्कृट ऋणी र उत्कृष्ट केन्द्रलाइ पनि उपहार सहित सम्मानपत्र पनि अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो । उत्कृष्ट उधमीमा केन्द्र नम्बर ६ कि रंजु यादव,८ की व्यासदेवी कोइरी,५१ की पानवती देवी यादवनी परेकी छिन् ।

त्यस्तै उत्कृष्ट ऋणीहरु गिता देवी,रुपिया देवी र मनटुटिया देवी लाइ उपहार सहति सम्मानपत्र पनि पैदान गरिएको थियो । उत्कृष्ट बचतकर्ता र उत्कृष्ट केन्दलाई पनि सम्मान गरिएको छ । यसवर्षको उत्कृष्ट केन्द्रको रुपमा २३ नम्बर केन्द्र शुभान अल्लाह जिवन विकास लघुवितलाइ घोषणा गरिएको शाखा प्रबन्धक कामतीले जानकारी गराएका हुन् ।

यसै कार्यक्रममा संस्थामा सदस्य रहेका ५ जना परिवारको १० जना छात्रछात्राहरुलाइ छात्रवृक्ति पनि जीवन विकास लघुवितले प्रदान गरेको छ । आज उनीहरुलाइ ब्याग,कपी कलम,पानी बोतल,औजार बक्स प्रदान गरिएको छ । भने पछि आवश्यकता अनुसार पढाइमा सम्पुर्ण खर्च व्यहोर्ने जिवन विकास लघुवित्तका जिल्ला प्रमुख पवन मण्डलले बताएका हुन् ।

फाेटाे फिचर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0