
मुन्ना मिश्रा,१९ गते चैत ।
बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड राजापुर शाखामा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा यही चैत्र १८ गते देखि दुधराँस शाखाबाट शूरु भएको सो कार्यक्रम आज दोस्रो दिन राजापुर र श्रीगाउँमा सम्पन्न भएको छ । उक्त कार्यक्रम निरन्तर रुपमा संचालन भइरहेको सुनिका नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह ले जानकारी दिनुभयो ।
राजापुरको कार्यक्रममा ३९ केन्द्रका केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । साथै सुनिका नेपालगन्ज प्रमुख अम्मर बहादुर सिंहले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी गराउँदै कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने तथा धेरै संस्था बाट कर्जा कारोबार गर्दा ग्राहक लाई पर्ने नकारात्मक असर बारे प्रशिक्षण दिनुका साथै बचत गर्दा हुने फाईदाका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ६ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
आज राजापुरमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक नवीन थापा मगर ले यो संस्थाले महिलालाई स्वरोजगार उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे बताउनु भएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सुनिका कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह, शाखा कार्यालय गुलरियाका प्रमुख आयुष न्यौपाने, शाखा कार्यालय राजापुरका प्रमुख बिष्णु प्रसाद चौधरी, कर्मचारी ईन्द्र प्रकाश चौधरी र रामी चौधरी को उपस्थिति रहेको थियो ।
