<

चन्दन यादव, रौतहट २१ गते चैत ।

रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।

अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।

बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0