
बज्जिकाञ्चल संवाददाता,राैतहट,चैत्र २१ गते
राैतहट। पर्यटन विकास कार्यालय गाैरका प्रमुख संजय मिश्रले पत्रकारको सहयोग विना पर्यटन विकासको काम सफल नहुने बताएका छन । प्रमुख मिश्रले बिहिबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दै पत्रकारलाई आफु विहान छ बजे देखि बेलुकी ०८ बजे सम्म कुरा गर्ने गरेको बताए । आफु कार्यालयमा नबस्ने ,झोलाबाट कार्यालय सञ्चालन गरेको कुरा आधार हिन रहेको उनले दाबी गर्दै सर्लाही र राैतहट जिल्लाम कार्यक्षेत्र हुदां सधैं कार्यालय बस्न सम्भव नरहेको प्रमुख मिश्रले बताएका छन । चालु आर्थिक बर्षमा यस कार्यालयबाट १ सय ५७ वटा योजना संचालन हुने बताउदै ३१ बटा योजनाको काम टेण्डर प्रकृयाबाट आगाडी बढि सकेको ,७ बटा योजनामा केही त्रुटी देखिएकाले सम्बन्धित निकायमा आवश्यक निर्देशनका लागि लेखि पठाएको र बाकी एक सय विस बटा योजनाको काम उपभोक्ता समिति मार्फत सम्पन्न गरिने प्रमुख मिश्रले बताउदै २० लाख रुपैया देखि माथि तथा ५० लाख रुपैयाँ मुनिका योजना उपभोकता समिति मार्फत भई रहेको उनले बताए ।
दैनिक ५/७ बटा उपभोक्ता समिति दर्ता भएको र कतिपयले कार्य आदेश समेत पाई सकेको बताउदै प्रमुख मिश्रले १६ बटा बिभिन्न योजनाको चिठ्ठी दिन बाकी रहेको बताए ।योजना बिक्री तथा बिचाैलिया मार्फत कमिसन उठाउने जस्ता आरोप निराधार रहेको हुदै नहुने आरोप लगाएर कसैलेबदनाम गराउन लागेको भन्दै सावित गरेर देखाउन उनले चुनाैति समेत दिएका छन ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै प्रमुख मिश्रले पत्रकारको सहयोग बिना राैतहट र सर्लाहीमा पर्यटन विकासको काम सम्भव नरहेको बताउदैउनले पत्रकारहरुलाई विकास निर्माणको काम समयमा स्तरिय होस भनि सहयोग पुग्ने हिसाबले सकारात्मक सहयोग गर्न आग्रह समेत गरेका छन ।
