<
रमेश कुमार यादब जेठ १८,रौतहट
रौतहट जिल्लाको रघुनाथपुर सिसवामा दुई कोठे भवनको शिलान्यास गरिएको हो । गरुडा नगरपालिकाको वार्ड नं.९ अन्तर्गत पर्ने रघुनाथपुर सिसवामा रहेको श्री सहिद लालबाबु दास प्रा.बि बिधालयमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रम बिच दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेकोे नगर प्रमुख जैसवालले जानकारी गराउनु भयो ।
२२ लाख ५० हजारको लागतमा दुई कोठे भवन निर्माण हुन लागेको उनले बताए । नगर प्रमुख जैसवालले शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै भने यस भवन निर्माणले बिधार्थीहरुलाई पठनपाठनमा थप टेवा पुग्ने बताउनु भयो । घाम ,पानि र चर्को गर्मिमा खुल्ला अकाशमुनि पठनपाठन गर्न निकै नै समस्या भईरहेको थियो । तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणको लागी चालेको कदम एकदम सराहनिय रहेको बताउनु भयो ।
शिलान्यासपछि भवन निर्माणको काम छिट्टै अगाडी बढाइने नगर प्रमुख जैसवालले बताउनु भयो । मेयर जैसवालले भने कि निर्वाचित हुनु भन्दा अघि हाम्रो नगरबासि माझ बाचा गरेका थियौ कि निर्वाचित भएपछि नगरको शिक्षा ,स्वास्थ्य ,शुद्ध खानेपानि लगायत नगर बिकासको कार्यमा एकबद्ध भएर काम गर्ने बताउनु भएको थिए ।
सोहि चुनावी प्रतिबद्धता अनुरुप वहाँ निर्वाचित भए देखि नै आफ्नो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरहनु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आईरहनु भएको छ । शिक्षामा कुनै प्रकारको कमिकमजोरी भए भने कुनै पनि ब्यतिmलाई नछोडने चेतावनी समेत दिनु भएको थियो ।
शिक्षामा कसैले लापारवाहि गरियो भने त्यस्ता शिक्षक लगायत जोसुकै ब्यतिm भए त्यसलाई कार्यवाहि गर्न पछाडी नपर्ने नगर प्रमुख जैसवालले चेतावनी समेत दिनु भएको थियो । सोहि शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै गरुडाका नगर उप–प्रमुख पुनम चौधरीले भने यो बिधालयमा अनुगमनको क्रममा आउँदा यस बिधालयका प्रधानाध्यापक रंजिता कुमारी दास र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र दास तत्माले बिधालयको प्रगति उन्नतिको लागी धेरै नै आग्रह गर्नु भएको थियो ।
सोहि आग्रह पछि हामिले यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजना पारेर आज दुई कोठे भवनको शिलान्यास गरेका छौ । बिधालयको प्रगति उन्नतीको लागी हरसम्भव प्रयासरत रहने पनि बताउनु भयो । बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र दास तत्माले भने बिधालयमा करिब ३ सय बिधार्थी रहदा यस बिधालय प्रति कुनै पनि व्यक्तिको चासो र ध्यान नरहेको पनि दुखेसो पोख्नु भएको थियो ।वहाँले भने २०६५ सालदेखि स्थापना भएको बिधालयको अवस्था निकै नै अस्तब्यस्त रहेको भएतापनि आफ्नो छोरो नाम अमर रहुन भनि उदेश्यले जेनतेन गरि अहिलेसम्म चलाउदैं आईरहेको बताउनु भयो ।
त्यसकारण बिधालयको चौतर्फी बिकास,भौतिक संरचना र शिक्षकको दरबन्दी मिलान लगायत आवश्यक समाग्री पुरा गर्दिन नगर प्रमुख र नगर उप–प्रमुखसंग बिधालय ब्यवस्थापन समितिको अध्यक्ष तत्माले आग्रह गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाको शिक्षा स–संयोजक शेख चाँद अलि ,प्राबिधिक प्रमोद चौरसिया ,समाजसेवी भन्टु दास ,रेवती ठाकुर ,पुर्ववडाअध्यक्ष सरफ पासवान ,चनरदेव दास ,श्याम सहनी,महावति देवी ,तेतरी देवी ,शिक्षक प्रतिनिधि राम नरेश दास,बिजुली दास ,समाजसेवी रबिन्द्र यादब लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0