<

 

रन्धिर साह, रौतहट, जेठ २० ।

रौतहटको कर्कचमा धमाधम सडक ढलना कार्य सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको र्ककच गाउँमा शुक्रबारदेखी ढलान कार्य सुरु गरेको हो ।

शहरि विकास मन्त्रालयद्धारा गत आर्थिक वर्ष २०७९ र ०८० का लागि आएको सडक निमार्णको बजेटबाट जेठ १९ गतेदेखि देवाही गोनाही नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार झाले करिब ८ सय मिटरमा रहेको कर्कच, उचिडिह र गोनाहीजाने बाटोको ढलान कार्य सुरु गरेका छन् ।

उनका अनुसार सो कार्य असारको १५ गते भित्र सकिने गरि सुरु गरेका हो । लामो समयदेखि यो सडकलाई ढलान गर्ने मेरो चाहना आज पुरा भएको पुर्व वडा अध्यक्ष झाले बताए । सो सडकका बारेमा ढलान हुँनु भन्दा पहिलादेखि नै चर्चा परिचर्चा हुन थालेको र अब ढलान प्रक्रिया सुरु भएसंगै स्थानीयबासीहरु पनि धेरै खुसी भएको सोही गाउँका स्थानीय भाग्यनारायण झाले बताए ।

उनका अनुसार यो सडकले गाउँको विकासमा साकारात्मक भूमिका खेल्ने छ । यस्तै पुर्व वडा अध्यक्ष झा भन्छन्, हाम्रो योजना भनेकै गाउँलाई सहर बनाउनु हो, सोही अनुरुप आज पनि सडक ढलान कार्यलाई अगाडी बढाएका छौँ । छिटै गाउँका सबै कुना कुनामा ढलान भएको सडक देखिने छ, उनको भनाइ छ ।

यो सडक खण्डले गाउँ र बजारलाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा किसानलाई भाइदा हुँने उनले बताए । कार्यक्रममा समाजसेवी युवा नेता राजकुमार साह, प्रभास (गम्भिरा) साह, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का वोड सदस्य जय राम साह, सोही वडाका सचिव अनुठा महतो, किशोरी हजरा तथा भुनेसर साह सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0