<

 

आरके श्रीवास्तव, रौतहट, जेठ १९ ।

रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । बिहिबारदेखि सो पालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकास जयसवालले बताएका छन् ।

उनका अनुसार कटहरिया नगरपालिका भित्र रहेका प्रत्येक गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ । उक्त जोखिमलाई उन्मुलन गर्न औषधी छर्ने अभियान सुरु भएको बताए ।

कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा अत्यधिक लामखुट्टे बढेकोले लामखुट्टे नियन्त्रण गर्न मेयर जयसवालले पालिकामा १४ जनालाई लामखुट्टे नियन्त्रणको लागि औषधि छर्न परिचालन गरेका छ्न भने १ जना सुपरभाइजर पनि खटाएका हुन् ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगहरुको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताए । उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको हो । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0