oplus_0
<

आरके श्रीवास्तव,राैतहट,२० गते असाेज ।

गत शुक्रबार नेपाल सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा विभिन्न दलले असन्तुष्टि जनाउँदै मधेशका जिल्लालाई पनि समेटन माग गरेका छन् ।  तत्काल मधेशका संकटग्रस्त जिल्लालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणामा समेटन माग गरेका छन् ।

लोसपा नेपालका नेता एवं रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख प्रत्याशी रामप्रवेश दासले सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । नेता दासले उक्त घोषणालाई सच्याएर वास्तविक क्षति भएको पालिका र जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् । सरकारले  यसमा पुनर्विचार नगरे आफूहरु सरकारको विभेदकारी नीतिविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । उनी भन्छन् – मधेशी जनता चुप लागेर बस्दैनन् ।

मधेश प्रदेशको विभिन्न जिल्ला पनि बाढी पीडित र अत्यधिक प्रभावित रहेको अवस्थामा सरकारले मधेशलाई उपेक्षा गरेको आरोप दासको रहेको छ ।

बाढीले कैयाैं बिघा जमिनमा लगाइएको धानलाई पूर्णतया बालुवाले पुरेको, हजारौँ बिघा जमिनमा लगाइएको धान बालीलाई डुबाएर सखाप पारेको तथा थप हजारौँ बिघा जमिनको बालीलाई बाढीले सखाप बनाएको छ । अहिले पनि धेरै बालीलाई बाढीको पानीले डुबाएको अवस्था रहेको छ ।

मधेशका जिल्ला तथा मुख्य गरी अत्यधिक प्रभावित पालिका र वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने नेताहरुको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0