<

ओम प्रकाश यादव
असोज १९ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले शनिबार बाढी प्रभावित तीन सय भन्दा बढी परिवारलाई राहत सामग्री बितरण गरेका छन ।

बाढीबाट प्रभावित भएका माधवनारायण नगरपालिका-७ लौकाहा र फुलवरियाका तीन सय भन्दा बढी परिवारलाई मेयर यादवले राहत बाडेका हुन ।

अविरल वर्षाका कारण गएको असोज १२ गते बागमति नदिमा आएको बाढिले प्रभावित भएका नागरिकहरुलाइ तत्कालका लागि केही सहयोग होस भन्ने उदेश्यले मेयर यादवले प्रती परिवार २५ किलो चामल, २ किलो खाने तेल, नुन, चिनी, ३ किलो दाल, ५ किलो चिउरा लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

चर्को घामको कुनै प्रवाह नै नगरि ट्ण्ट्लापुर घाममा घण्टौ लाइन लागेर बाढि प्रभावित व्यक्तिहरु राहत लिन पुगेका थिए ।

वडा अध्यक्ष दिलिप यादवले दिएको जानकारी अनुसार लौकाहा फुलवरियामा बाढिबाट करिव सात सय २२ जना भन्दा बढी परिवार प्रभावित भएका छन ।

पहिलो चरणमा तीन सय परिवारलाई राहत बाडिएको र बाकी करिव ५ सय परिवारलाई चाडै दोस्रो चरणमा राहत उप्लब्ध गराउने वडा अध्यक्ष यादवले बताए ।

आरडिसि नेपाल र वर्ल्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोगमा उक्त राहत सामग्री बितरण गरिएको छ ।

बाढी प्रभावित नागरिकलाई तत्काल खानाको आवस्यकता रहेको कारण उनीहरुलाई खाद्यान्न सामग्रीको खाचो रहेको अवस्थालाई मध्य नजर गरि लौकाहा फुलवरियाका तीन सय नागरिकलाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको नगर प्रमुख यादवले बताएका छन ।

बाढी प्रभावित वडा नम्बर ६ माधोपुर र वडा नम्बर ८ खडकि रजवडामा पनि चाडै राहत सामग्री बितरण गर्ने मेयर यादवले बताए ।

असोज १२ गते बागमति नदिमा आएको बाढिका कारण ६, ७ र ८ नम्बर वडाका करिव ३ हजार भन्दा बढी परिवार प्रभावित भएको मेयर यादव बताउछन् ।

प्रभावित परिवारहरुलाइ अहिले तत्काल ग्रामीण विकास केन्द्र नेपाल आरडिसि र वल्र्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोग मा राहत बितरण गर्ने काम भइरहेको उनले बताए ।

अरु दातृ निकायको सहयोग र नगरपालिकाबाट पनि प्रभावित नागरिकलाई दोस्रो चरणमा थप राहत बितरण गर्न प्रायसरत रहेको मेयर यादवले बताए ।

बाग्मती नदिको बाढी तट्बन्ध कटान गरि बस्तिमा पस्दा नगरपालिकाको तिनवटा वडामा व्यापक जनधनको क्षती पुर्‍याएको छ भने हजारौं हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, उखु र तरकारी बालि समेत नस्ट हुँदा करोडौंको क्षती भएको छ ।

त्यस्तै हजारौं बिघा पोखरीको माछा समेत बाढिको पानीले बगाइदिएका कारण माछा पालक किसानलाई पनि करोडौंको क्षती भएको छ ।

बाढिबाट क्षती भएका घर, धान, पोखरी र तरकारीको विवरण संकलन गर्ने काम भइरहेको बताउदै मेयर बैजनाथ प्रसाद यादवले विवरण संकलन भएपछि उनीहरुलाई राहत उप्लब्ध गराउने बताए ।

विभिन्न संघ संस्था, केन्द्र सरकार एवं प्रदेश सरकारको सहयोग तथा नगरपालिकाबाट सबै पीडितहरुलाइ राहत तथा उचित क्षतिपुर्ती उप्लब्ध गराउन आफू काम गरिरहेको मेयर यादवको भनाइ छ ।

बाढिले घरका सबै अन्नपात, लत्ताकपडा बगाइदिएका कारण एकछाक टार्न समेत समस्या भइरहेका प्रभावित नागरिकहरु राहत पाएपछी निकै खुसी भएका छन ।

बिपत र दुखका बेला अरु सरकार नाआए पनि स्थानीय सरकारका प्रमुख यादवले थोरै भएपनि उप्लब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुले ठूलो राहत पाएको भन्दै उनीहरुले सहयोगि संस्था र नगर प्रमुखलाई धन्यवाद दिएका छन ।

दुखका बेला राहत दिएर आफुहरुको दुखमा मल्हम लगाउने काम गरेको भन्दै उनीहरुले मेयर यादवको खुलेर प्रशन्सा समेत गरेका छन ।

राहत वितरण कार्यक्रममा आरडिसि नेपालकि उपाध्यक्ष ममता , अन्य कर्मचारी तथा वल्ड भिजन ईन्टरनेस्नल नेपालका कर्मचारी एवं प्रहरीको सह्भागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0