<

आरके श्रीवास्तव,राैतहट,१५ गते असाेज । 

राैतहटकाे देवाहीगाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह सधैं चर्चामा नै रहने गरेका छन् । चाहे त्याे एसईई काण्डहाेस् या भर्खरै केही दिन पहिला भएको प्रधानाध्यापक सरूवा काण्ड ।

याे दुई वटा काण्डकाे अपार सफलता पछि उनकाे अब एउटा नयाँ काण्ड”मस्त निद्रा”भाईरहल बनेकाे छ । याे सब मामलामा उनी आफ्नो चर्चा बटुल्न एकदमै सिपालु छन् । अहिले मेयर साहकाे एउटा तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ ।

अविरल वर्षाबाट आएको बाढीले देशमा ठुलो जनधनको क्षति भएको छ । यसमा राैतहट अछुताे रहेन् । यहाँ धेरै क्षति भएको छ । यस अवस्थामा बाढीको प्रकोपबाट बिचलित भएकाहरुलाई राहत तथा पुर्णस्थानका लागि जिल्ला विपद व्यवस्थापन कार्यालय रौतहटले जिल्लाको १८ वटा स्थानीय तहका प्रमुख सँग छलफल गर्न बाेलाईएकाे बैठकमा देवाही गाेनाही नगरपालिकाका मेयर साह मस्त निन्द्रामा सुतेकाे तस्बिर समाजिक संजालमा भाईरल भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले आयाेजना गरेकाे संवेदनशील बैठकमा सहभागी भएकाहरु मध्ये देवाही गाेनाहीका नगर प्रमुख साहले बैठकमै मस्त निन्द्रा रहेकाे देखिएको छ ।

नगरमा जनतालाई जुधाउन र कर्मचारीलाई तर्साउन दिन रात नसुत्ने र कमिसन पाउने चिजमा कान ठाडो पारेर सुन्ने मेयर साह बैठकमै आराम तरिकाले थकान मार्दै गरेकाे तस्बिरकाे बारेमा स्थानीयहरू निकै टीका टिप्पणी गरिरहेका छन् ।

यस विषयमा मेयर साह सँग साेध्दा सम्पर्क हुन सकेकाे छैन् ।

जिल्लाका भिआइपिहरू सम्मिलित बैठकमा नै मेयर साह गम्भीरतापूर्वक नलिई मस्त निन्द्रामा सुतेका तस्बिर बारे राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्थानीयहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । मेयर साहलाई कार्यवाही गर्न उनीहरूले सम्बन्धित निकाय सँग माग समेत गरेका छन् ।

बैठकमा मेयर साह मस्त निद्रमा रहेको तस्बिर स्थानीय पत्रकार रामानन्द साहले उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0