<

रौतहट २९ असार । रौतहटको चन्द्रनिगाहपुरमा पिडितको न्यायमा सहज पहुँच सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा एलायन्सका केन्द्रिय सदस्य दिलिप कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका प्रमुख अतिथी कोईरालाले न्यायको पहुँचमा रहेका अवरोधक तत्वहरू पहिचान गरी सोको न्यूनीकरणका लागि आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने बताए । उनले मानवको गाँस, बास र कपासको अधिकार सँगसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यमा सञ्चारकर्मीे तथा मानव अधिकारकर्मीले काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा छोरी संस्थाका संयोजक कोपिला तिमल्सिनाले न्याय पहुँचको लागी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी न्यायमा पहुँच अभिवृद्धिका लागि विपन्न, असहाय र असक्षम वर्गका व्यक्तिको पहिचान गर्न जरुरी रहेको बताए । नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको उनले जनाए । यस्तै कार्यक्रममा न्यायिक समितीका सदस्य सचिब तथा चन्द्रपुर नगरपालिकाकी महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले बाह्य हस्तक्षेप, दबाब र प्रभावलाई निरुत्साहित गर्न सके न्यायको पहुँचमा सहज हुने जनाए । पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ असुरक्षित हुने लगायतको चुनौती रहेको बताउँदै मानव अधिकार रक्षकहरुको संरक्षणको लागि नीति तथा कार्यक्रम ल्याउन पहल गर्नुपर्ने उनको तर्क थियो ।कार्यक्रममा संचारकर्मी बाल बिक्रम कार्की(अनमोल)ले पत्रकारबाट बाहिर ल्याइएका घटनाहरुको मानव अधिकारकर्मीले सुक्ष्म तरिकाले विश्लेषण गरी पीडितलाई न्याय दिनुपर्ने कार्यमा विशेष भुमिका हुनुपर्नेमा जोड दिए । पिडितलाई न्याय दिलाउन पत्रकारले कलम चलाएपनी कतिपय पिडितहरु नै प्रलोभनमा परेर पिडक संग सहमती गर्दा पत्रकार असुरक्षित हुने गरेको उनले सुनाए । मानव अधिकार एलायन्सकी कोषाध्यक्ष गौरी न्यौपानेले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन एलायन्सका सचिव नविन राज बरालले गरेका थिए । एलायन्सका जिल्ला अध्यक्ष जितेन्द्र रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकारकर्मी,संचारकर्मी,सहकारीकर्मी,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0