<

राैतहट,२९ गते असार । मधेश प्रदेशमा पनि आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइएको छ । मधेश प्रदेश आर्थिक नगरी रुपमा प्रख्यात् विरगंज स्थित होटेल मकालुमा आज नारायणी वाङ्गमय कृति पुुरस्कार वितरण तथा कविता वाचन कार्यत्रलम आयोजन गरिएको थियो । Open photoनेपाली साहित्यका आदिकवि आचार्यको जन्मजयन्तीमा नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनाम सो कार्यक्रमको आयोजन गरिएको थियो । Open photoप्रतिष्ठानका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रध्यापक केशव सुुवेदी रहनुभएको थियो ।Open photo गिता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अस्कले लेख्नुु भएको कालो गुुलाफ कृति लाइ उत्कृष्ट छनौट गरि पुुरस्कृत पनि गरिएको छ । Open photoअस्कलाइ नगद २५ हजार रुपैयाँ नगद राशी सहित सम्मानपत्रका साथ दोसल्ला ओढाइ सम्मान गरिएको थियो । Open photoकार्यक्रममा आदिकवी भानुभक्तको तस्बिरमा माल्यापर्ण तथा दिप प्रज्जवलन गरि कार्यक्रम उद्धघाटन गरिएको थियो । कार्यक्रममा कविता खडकाले स्वागत मन्तव्य राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0