<

रौतहट, २९ असार । दहेज मुक्त अभियानमा वडाध्यक्षले छोराको विहे गर्दा दहेज नलिने घोषणा गर्दै यस्ता अभियानलाई पूर्ण रुपमा पलना गराउने प्रतिबद्धता जनाएका छन् ।

अल नेपाल मुस्लिम सोसाइटी र दहजे मुक्त अभियान रौतहटद्धारा संयुक्त रुपमा शनिवार पुरेनवामा आयोजित सम्मान कार्यक्रममा गौर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष जनार्दन साहले छोराको विहेवारी गर्दा दहेज नलिने घोषणा गर्नुका साथै आफूलाई अरु व्यक्तिलाई दहेज मुक्त विवाह गर्ने अभियानलाई सक्रियताका साथ पलना गराउने प्रतिबद्धता जनाएका हुन् ।

उक्त कार्यक्रममा वडाध्यक्ष साह सहित, नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने, लायन सत्येन्द्र पाण्डे, कर्मचारी धनन्जयकुमार सिंह, पर्मात्मा नेपाल, ओमप्रकाश साह, रोज महम्मद, एैनुल मियाँ, श्रीकान्त यादव सहित ११ जनालाई सम्मानित गरियो ।

अल नेपाल मुस्लिम सोसाइटी दुबइ ९गल्फ० का अध्यक्ष फिरोज आलम, दहेज मुक्त अभियान रौतहटका उपाध्यक्ष ग्यासुद्दिन आलम र दहेज मुक्त अभियानका अध्यक्ष मुन्ना अलीले संयुक्त रुपमा उनीहरुलाई गम्छा, माला, खादा, स्माट वाचले सम्मानित गरेको बताइएको छ ।

अल नेपाल मुस्लिम सोसाइटी दुवईका अध्यक्ष फिरोज आलमले समाजमा दाइजोको कारण बढ्दै गएको महिला हिंसालाई निरुत्साहित गर्न र सभ्य समाजको निर्माण गर्ने पुनित अभियानलाई अघि बढाएको चर्चा गर्दै सोही क्रममा समाजका अगुवा भद्रभलादमीहरुलाई दहेज मुक्त समाजको निर्माणमा सहभागी हुन समस्त रौतहटवासी संग आग्रह गरे । विगत लामो समय देखि यस सोसाइटीले आगलागि पिडित, बाढीपडित, दिनदुखी, विहेवारी लगायतका कार्यहरुमा अनुकरणीय कार्यमा निरन्तर रुपमा सोसाइटी लागि परेको आलमले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0